राजनीति प्रदेश ३

नेकपा संविधानको मर्म विपरित अगाडि बढिरहेको कांग्रेस नेता सिंहको आरोप

15 Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाए ।

सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै नेता सिंहले दुई तिहाई बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाएका हुन् । संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको उनले बताए ।

संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु¥याइरहेको बताए । जनताहरु कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।

२०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसकै अवसरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका छन् । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

प्रकाशित: २ आश्विन २०७७ १३:३१ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी