1
1
1
1
1

राप्रपा अध्यक्ष कमल थापाद्वारा डा. केसीको जीवन रक्षा गर्न माग

1
1
1
1
1
1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेका छन् । अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष डा. केसीको जीवन रक्षा गर्न माग गरेका हुन् ।

विगत २१ दिनदेखि मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनसन बसिरहेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका हुन् । जुम्लाबाट १९ औँ पटक अनसन सुरु गरेका डा. केसीको अनसनको २१ औँ दिनमा स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।

प्रकाशित: १८ असोज २०७७ १८:२१ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी