1
1

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

1
1
1

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धूम्बारारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, उनले भने, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।” उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रकाशित: २९ असोज २०७७ १२:४५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी