कोभिड-१९ : नेविसंघका पूर्वअध्यक्ष कर्णद्वारा क्वारेन्टाइनका लागि घर प्रदान

कोभिड-१९ : नेविसंघका पूर्वअध्यक्ष कर्णद्वारा क्वारेन्टाइनका लागि घर प्रदान


काठमाडौं ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्णले राजविराज नगरपालिका वडा नम्वर–३ स्थित सात कोठाको पक्की घर अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन निःशुल्क रुपमा घर उपलब्घ गराउने उनले जानकारी दिए । उनले लकडाउनको समयमा घरभित्रै रही कोरोना भाइरसको जोखिम हुन नदिन आग्रह गर्दै खाद्यान्न, स्वास्थ्य लगायत समस्या आइपरे सहयोग पु¥याउने जानकारी दिए।

लकडाउनमा अति विपन्न परिवारलाई खाद्यान्न समस्या आउन नदिन यहाँस्थित सप्तकोशी नगरपालिकाले तथ्याङ्क सङकलन शुरुआत गरेको छ । दैनिक ज्यालादारीका श्रमिकलाई हुन सक्ने समस्यालाई हल गर्न वडाध्यक्ष मार्फत विवरण सङ्कलन गरी नगरपालिकामा पेश गर्न भनिएको नगरप्रमुख उत्तम कुमार शर्माले जानकारी दिए। सो नगरपालिकाको वडा नं. २ को गोबैज माविमा २१ शैया र वडा नं. १० को जनता मावि भगनी मलेटमा २१ शैयाको क्वारेन्टाइन तयार गरिएको छ ।रासस

Logo