काठमाडौं ।
नेपाली कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको प्रहरी धरपकडबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको थियो ।
पूर्व पदाधिकारीहरु समेतको शुक्रबार बसेको बैठकले मंसिर २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित: १९ मंसिर २०७७ १८:२६ शुक्रबार