आबुखैरेनीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

आबुखैरेनीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


तनहुँ ।
पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनीमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको हो ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस साँझ ६ः३० बजे सडकबाट एकसय मिटर तल खसेको प्रहरी जनाएको छ ।

दुर्घटनामा तीन जनाको शव भेटिएको छ तर मृतकको सनाखत भने हुन सकेको छैन । बसमा कति जना सवार रहेका थिए भन्ने बारे यकिन भएको छैन । अहिले उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।

Logo