१० असोज २०७८ आइतबार

काभ्रेका पूर्वसांसद लामाको कोरोनाबाट निधन

काठमाडौं ।
कोरोना संक्रमणबाट पूर्वसांसद कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका लामाको आज बिहान दुई बजे निधन भएको हो ।

काभ्रेका कम्युनिष्ट नेता लामा ०४८ सालमा काभ्रे जिल्लाबाट सांसद बनेका थिए । २०६४ सालमा पनि संविधानसभा सदस्य भएका लामा दक्षिण कोरियाका लागि राजदूतसमेत थिए ।

पूर्व मन्त्री एवं काभ्रे क्षेत्र नं. २ का सांसद गोकुल बाँस्कोटाले उनको निधनले आफूलाई दुखित बनाएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामाको निधनले पार्टीले बाम आन्दोलनका एक योद्धा र अग्रज नेतृत्वलाई गुमाउन पुगेको उल्लेख गरेका छन् । बाँस्कोटाले लेखेका छन्, :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्व सांसद तथा पूर्व राजदूत कमरेड कमान सिंह लामाको कोभिड १९ संक्रमणको कारण उपचारको क्रममा निधन भएको खबरले अत्यन्तै दुःखित र स्तब्ध बनाएको छ । उहाँको निधनले पार्टीले बाम आन्दोलनको एक योद्धा र अग्रज नेतृत्वलाई गुमाउनु पुगेको छ । शोकको यस घडीमा कमरेड कमान सिं लामाले बामपन्थी र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानलाई उच्च सम्मान गर्दै उहाँको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोकाकुल परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछु ।

प्रकाशित: २५ मंसिर २०७७ ११:०४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी