काठमाडौं ।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित विभिन्न ४५ संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । संसद् सचिवालयका अनुसार रिक्त प्रमुख आयुक्तलाई यसअघि बसेको संवैधानिक परिषदको बैठकल सिफारिस गरेको हो ।
अध्यादेशमार्फत् तत्काल कायम भएका बहुमत संवैधानिक परिषद्का सदस्यले नियुक्तिका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरेको थियो । सोही अध्यादेश जारी भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले राई लगायत रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बैठक बसेको थियो। उक्त बैठकमा विभिन्न रिक्त आयोगका पदाधिकारीहरुको नामबारे मात्र छलफल भएको बताइएको थियो ।
तर, मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिसकेको थियो । तथापि, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित मै रिक्त पदका लागि विभिन्न व्यक्तिहरू नियुक्त गरिएको थियो । संवैधानिक परिषद्को पुरानो मितिको निर्णय अनुसार दर्ता गरिएका नामावली अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।
यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा टपबहादुर मगर सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मीहिर ठाकुर सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगमा जुद्ब गुरुङ र अम्मरराज मिश्र, महिला आयोगको अध्यक्षमा कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यहरूमा मीना सोब, पर्शुराम रम्तेल, तुन्ज बराइली र महेले पार्की सिफारिस गरिएको छ ।
यसैगरि समावेशी आयोगको अध्यक्षमा रामप्रसाद खत्री, सदस्यमा रामचन्द्र जोशी, रामकृष्ण तिमिल्सिना, हरिदत्त जोशी, आदिवासी जनजाती आयोगको, अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मिनश्रीस मगर, मेन्चुङ लामा, रिना राना, चरण राई सिफारिस गरिएको छ । मधेसी आयोगको सदस्यमा जिवत्स साह, रेणुदेवी साह, विजय गुप्ता त्यस्तै थारु आयोगको सदस्यमा विकास चौधरी, वविता चौधरी, सुवोध सिंह, भोलाराम चौधरी र मुस्लिम आयोगको सदस्यमा महमुद्दिन अली र मिर्जा अरसद बेगलाई सिफारिस गरिएको छ ।
सिफारिस गरिएका राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा टोपबहादुर मगर सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । २०६८ सालमा सर्वोच्चबाट अवकाश पाएका उनी विभिन्न चर्चित मुद्दाको फैसलामा संलग्न भएका निडर न्यायाधीशको रुपमा चिनिन्छन् । अनुपराज शर्मासहितका पदाधिकारीले कात्तिक १ गते अवकाश पाएपछि आयोग रिक्त थियो ।
प्रकाशित: ५ पुष २०७७ १८:४७ आइतबार