राजनीति प्रदेश ३

कांग्रेसद्वारा सर्वदलीय बैठक आव्हान

15 Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ । बैठक दिउसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।

बैठकमा संसदमा सहभागी दललाई बोलाइएको छ । बैठकका लागि नेकपा, जसपा, राप्रपा लगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेपछि स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न भन्दै कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै प्रधानमन्त्रीले संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरिसकेकी छिन् ।

प्रधानमन्त्रीको यो कदमको देशभर प्रदर्शन शुरु भएको छ । आइतबार नै प्रतिपक्षी दलहरुले आआफ्ना प्रतिक्रिया दिंदै विरोध जनाइसकेका थिए ।

प्रकाशित: ६ पुस २०७७ १०:५७ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी