काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले किताबको भारी बोक्दैमा गधा विद्वान बन्दैन भन्दै व्यंग्य गरेका छन् । उनको व्यंग्य नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति लक्षित थियो ।
सामाजिक संजाल ट्वीटरमा एक स्टाटस पोष्ट गर्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।
उनले भनेका छन् , ‘किताबको भारी बोक्दैमा गधा विद्वान बन्दैन। तर नेपाली राजनीतिको बिडम्बना । किताबको भारी बोकेको गधाले आफूलाई विद्वान भन्ठान्छ र अरुलाई उपदेश दिन थाल्छ। गधाको उपदेश सुनेर ताली बजाउने मेरो देश ।’
प्रकाशित: २० पुष २०७७ ०७:०२ सोमबार