ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर भित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भईरहेको जानकारी दिए । १३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । मेयर महर्जनले सिसीटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भईरहेको पनि बताए ।
मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराए । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उनको भनाई थियो ।
प्रकाशित: २ मंसिर २०७५ १७:४५ आइतबार