कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश भारतलाई दिएका छन् । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
साथै प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको र दुबै देश सार्वभौम रहेको हुँदा प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो नभएर समान हैसियतको भएकाे बताए ।
प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगरी दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको बताए । दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताए ।
प्रकाशित: २८ पुष २०७७ ०८:४९ मंगलबार