राजनीति प्रदेश ३

प्रतिनिधिसभा विघटनको विरोधमा कला प्रदर्शनी

15 Shares

काठमाडौं ।

प्रतिनिधिसभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ ।

मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधिसभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधिसभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति, संसद विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधिसभा र्पुठन सर्वोच्चले गर सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्डसहित कलाकारहरुले प्रस्तुति राखेका थिए ।

प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बिरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो ।

प्रकाशित: २८ पुस २०७७ १८:५२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी