६ माघ २०७८ बिहीबार

'हामी सहि बाटोमा छौं, ओली गुट गलत बाटोमा छ' : माधव नेपाल

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका अध्यक्ष माधव नेपालले आफूले नेतृत्व गरेको पार्टी नै सहि भएको बताएका छन् । उनले केपी ओलीलाई तानाशाहको संज्ञा दिंदै उनको गुट गलत बाटोमा हिंडेको बताए ।

प्रचण्ड माधव पक्षले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीमा कम्युनिस्ट आन्दोलनको निष्ठा समेत नरहेको बताए । केपी ओली कम्युनिस्ट नै नभएको आरोप पनि नेपालले लगाए । केपी ओली फोहोरको डंगुर भएको वामदेव गौत्तमले भनेको भन्दै आफूले पनि सोही बुझेको बताए ।

नेता नेपालले केपी ओली सुध्रिने मान्छे नभएको समेत आरोप लगाए । अध्यक्ष भएपछि सबैलाई समेटेर लैजानु पर्नेमा निरंकुश हुँदै गएपछि अहिलेको समस्या आएको उनले बताए ।

लाखौं जनता सडकमा उतारेर मात्र अहिलेको समस्या समाधान हुने बताउँदै उनले केपी ओली समस्या समाधानका लागि नलागेका कारण अहिलेको अवस्था आएको बताए ।

प्रकाशित: २९ पुष २०७७ १५:५५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी