काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान,उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।
यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौंमा हुने राजधानी केन्द्रीत प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।
प्रकाशित: २ माघ २०७७ १८:५१ शुक्रबार