काठमाडौं ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए ।
भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घण्टासम्म कुराकानी भएको थियो ।
बिहान पौने १२ बजे शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउसो २ बजेर २० मिनेटमा फर्किएका थिए ।
प्रकाशित: ४ माघ २०७७ १५:११ आइतबार