राजनीति प्रदेश ३

केन्द्रबिन्दु बुलेटिन : नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियोसहित)

15 Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये पाँच सय जना नेपाली श्रमिक पठाउने गरि नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्तक्षर भएको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरेसँगै अब, नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि रोजगारीका लागि त्यहाँ जान पाउने भएका छन् । इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया पनि चाडै शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको विरुद्दमा शुक्रबार काठमाडौँमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने र त्यसका लागि काठमाडौं बाहिरका जिल्लाबाट पनि नेता तथा कार्यकर्ता भेला गरिएको नेकपाले जनाएको छ । शुक्रबारको विरोध सभाको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्नेछन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड खोप काठमाडौं आइपुगेको छ । दिल्लीबाट खोप बोकेर एयर इण्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ दिएको हो । उक्त खोप पहिलो चरणमा सरकारले ‘फ्रन्टलाइनमा रहेका महत्वपूर्ण व्यक्तिलाई लगाउने तयारी गरेको छ । त्यसका लागि पाँच दिनभित्र सबै जिल्लामा खोप पु¥याउने तयारी मन्त्रालयले गरेको छ ।

४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिए । पहिलो अश्वेत एवं दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिसले पनि सपथ ग्रहण गरेकि छिन् । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बाइडेनले अनेकौं चुनौतिको बीचबाट पुनः नयाँ अमेरिकाको उदय हुने बताए ।

खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुत्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो । जिम्मेवारी लिएसँगै ह्वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताए ।

प्रकाशित: ८ माघ २०७७ १९:४६ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी