राजनीति प्रदेश ३

'राति राति ज्ञानेन्द्रसँग रक्सी खाने मेरो बानी छैन'–प्रधानमन्त्री ओली’(भिडियाेसहित)

15 Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि देखाउने बताएका हुन् । उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे।

प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए। यस्तै विरोधसभालाई देशभरिबाट अलि अलि मान्छे जम्मा भएको टिप्पणी गरे।

प्रकाशित: १० माघ २०७७ ०६:३७ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी