राजनीति प्रदेश ३

देशमा नेपाल बन्दकाे त्रास : कतै बम, कतै विस्फोट

15 Shares

आज प्रतिबन्धित विप्लव समूहले गरेकाे नेपाल बन्दकाे त्रास देखाउन विभिन्न स्थानमा विस्फोटक पदार्थ राखिएकाे भेटिएकाे छ ।

देशकाे विभिन्न स्थानमा भेटिएकाे नेपाल प्रहरी र सेनाकाे टोलीले निस्क्रिय बनाउने र व्वस्थापनकाे काम गरिरहेकाे प्रहरीले जनाएकाे छ । आज बिहानै मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ।हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मकवानपुर कै राक्सिराङ–५ खोप्लासीस्थित मनहरी खोला बगरमा ‘बम’ लेखिएको शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । घटनास्थलमा हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको अवस्थामा ‘बम’ लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए ।

यता काभ्रे जिल्लाको बनेपामा बजारमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । बनेपा नगरपालिका–६ बुडोलमा अज्ञात समूहले बम राखेको थियो । सो बमलाई नेपाली सेनाको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेकै रोशी गाउँपालिकास्थित मंगलटारमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । शनिबार बिहान विपि राजमार्गमा विष्फोट भएको हो। विस्फोटबाट कुनै क्षति नभएको र घटनाबारे अनुसन्त्रान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० माघ २०७७ ०९:४७ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी