राजनीति प्रदेश ३

'संसद पुनःस्थापना कांग्रेसको पहिलो प्राथमिकता' : नेता कोइराला

15 Shares

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना पहिलो प्राथमिकता रहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि हो । पहिलो प्राथमिकता संसद पुनःस्थापना हुनुपर्छ भन्ने हो।’

उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको पनि बताए। कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्ह लगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको उनले बताएका हुन्।

 

प्रकाशित: १० माघ २०७७ ११:५७ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी