राजनीति प्रदेश ३

'पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिकरुपले समाधान हुन्छ' : प्रधानमन्त्री

15 Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिकरुपमा समाधान हुने बताएका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उनीहरुलाई धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । अब विगतमा जस्तो धोका पाउनु हुनेछैन ।”

 

प्रकाशित: १० माघ २०७७ १९:०८ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी