राजनीति

तीन महिनाभित्र सबै नेपालीले कोरोना खोप पाउँछन् : प्रधानमन्त्री ओली

15 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीलाई खोप निःशुल्क उपलब्ध गराउने बताए । ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई नि:शुल्क रूपमा खोप लगाइन्छ।’

आजदेखि औपचारिक रुपमा नेपालमा कोरोनाविरुद्धको खोप  सुरु गरिएकाे हाे । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाइनेछ । नेपालले कोरोनाविरुद्ध १० लाख डोज कोभिशिल्ड खोप भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ । देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ। खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए ।

प्रकाशित: १४ माघ २०७७ ११:१६ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी