२ जेठ २०७९ सोमबार
1
1
1
1

माइतीघरमा आजदेखि प्रचण्ड–माधव समूहको साताव्यापी धर्ना

1
1
1
1
1
1

काठमाडौं ।

नेकपाको प्रचण्ड–माधव पक्षले आजदेखि राजधानीको माइतीघरमा धर्ना दिने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार यो समूहले माइतीघरमा एक साता लामो धर्ना दिने भएको हो ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएसँगै चरणबद्ध रुपमा आन्दोलित नेकपाको प्रचण्ड–माधव पक्षले तेस्रो चरणको विरोध अन्तर्गत माघ २१ सम्म धर्नाको कार्यक्रम तय गरेको छ।

माइतीघरमा हुने धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन् । माइतीघरमा हुने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

यस समूहले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि कार्यक्रम सार्वजनिक गरिएको जनाएकाे छ।

प्रकाशित: १४ माघ २०७७ १२:४३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी