१० असोज २०७८ आइतबार

म्यानमार घटनाबारे कांग्रेसको प्रतिक्रिया, 'विश्वव्यापीरुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गरौं'

काठमाडौं ।

नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ।

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमाथि आफ्नो प्रतिक्रिया दिदै नेपाली कांग्रेसले विश्वव्यापीरुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनु पर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले म्यानमारको उक्त घटना प्रति विरोध प्रकट गरेको प्रवक्ता शर्माले बताए।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको भएपनि चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावका बीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो । प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरि संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताए। सेनाले हस्तक्षेप गरि लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताए । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उनको भनाइ छ ।

प्रकाशित: १९ माघ २०७७ १३:५३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी