भारतीय शैलीको विवाहबारे प्रियंकाले दिइन् स्पष्टिकरण

भारतीय शैलीको विवाहबारे प्रियंकाले दिइन् स्पष्टिकरण


काठमाडौँ ।
भारतीय शैलीमा विवाह गरेको भनेर चारैतिर आलोचना बढेपछि अन्ततः नायिका प्रियंका कार्कीले त्यसको स्पष्टिकरण दिएकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा लेख्दै यसको स्पष्टिकरण दिएकी हुन् । उनका अनुसार उनको परिवारमा केहि सदस्य भारतीय र केहि सदस्य नेपाली रहेका छन् । उनकी आमा नेपाली र पन्जाबी मिक्स अभिभावकबाट जन्मिएकी थिईन् ।

त्यसैगरी उनका पति आयुष्मानको परिवारमा पनि भारतीय सदस्यहरु छन् । प्रियंकाकी सासुका हजुरबुवा पनि पन्जाबी थिए । त्यसैले उनीहरुको नामको पछाडी देशराज जोडिन पुगेको हो । नेपालमा जस्तै भारतको अमृतसर र हरियानामा पनि उनीहरुको ठुलो परिवार समुह छ । त्यसैकारण आफूहरुले भारतीय शैलीमा विवाह गरेको उनको भनाई छ ।

उनको यस भनाईमा उनकी सासु रबिना देशराज श्रेष्ठले पनि सहमति जनाएकी छिन् । आफ्ना लागि सबै जात, धर्म , रितिरिवाज, भेषभुषा एउटै रहेको उनको भनाइ छ । भारतिय शैलीमा विहे गरेपनि आफूहरुले नेपाली संस्कृतिलाई भने नछोडेको उनले स्पष्ट पारेकी छिन् ।

Logo