बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा


स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

आइतबार राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए ।

जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक रहेको छ ।

ला लिगामा मात्रै यि दुई टोली १८० पटक प्रतिस्पर्धा गर्दा रियलले ७३ खेलमा जित निकाल्न सफल भएको छ । ७२ पटक बार्सिलोना विजयी हुदा ३५ खेल बराबरीमा सकिएको छ

Logo