महिलाले पुरुषलाई प्रेम प्रस्ताव राख्न के गर्ने ?

महिलाले पुरुषलाई प्रेम प्रस्ताव राख्न के गर्ने ?


प्रेम प्रस्ताव राख्नका लागि होस् वा बिहेको प्रस्ताव राख्न । हरेक महिलाले पुरुष नै अघि सरोस् भन्ने चाहन्छिन् । भनिन्छ, लाज नारीको गहना हो । कोही असाध्यै मन पर्छ भने पनि उसलाई मनको कुरा भन्न लजाउँछिन् । कसरी खोल्ने त मनको कुरा ? पढ्नुहोस् ।

साथी बनाउनुहोस्
प्रेम मित्रताबाट सुरु हुने चिज हो । जबसम्म तपाईं एउटा असल मित्र बन्न सक्नुहुन्न, तबसम्म एउटा असल प्रेमिका तथा पत्नी पनि बन्न सक्नुहुन्न ।

उसलाई मन पर्ने र नपर्ने कुरा थाहा पाउनुहोस्
प्रेम प्रस्ताव वा बिहेको प्रस्ताव राख्नुभन्दा पहिला मनपर्ने मान्छेको मन पर्ने र नपर्ने कुरा थाहा पाउन जरुरी हुन्छ । उसलाई मन पर्ने कुराहरु थाहा पाएर त्यही अनुसार कुराकानी गर्नुभयो भने आत्मियता बढ्छ र सम्बन्ध अगाडि बढ्छ ।

आफ्नो विचारमा सजिलो बनाउनुहोस्
कुनै न कुनै संकेत दिएर उसलाई आफ्नो मनको कुरा थाहा दिने प्रयत्न गर्नुहोस् । तपाईं जतिजति ढिला गर्नुहुन्छ, उतिउति समस्याहरु सिर्जना हुन्छन् ।

उसको अगाडि धेरै नझुक्नुहोस्
कसैलाई धेरै प्राथमिकता दियो भने उक्त मान्छेले वास्ता गर्न छोड्छ अथवा तपाईंलाई हलुका रुपमा लिन्छ । त्यसैले उपयुक्त समयमा आफ्नो तर्क राख्नुहोस् ।

सबै कुरा आफ्नो परिवार तथा उसको मिल्ने साथीसँग भन्नुहोस्
परिवार हरेक सुख तथा दुःखमा साथ दिने एकमात्र निस्वार्थ साथी हो । परिवारका हरेक सदस्यले एकआपसको भलो चाहन्छन् । परिवारसँगै सबैको जीवनमा एउटा आत्मिय मित्र हुन्छ, जसलाई आफ्नो हर कुरा खुलाउन सकिन्छ । उसको आनीबानी तथा व्यवहारहरुको बारेमा उसको मिल्ने साथीलाई थाहा हुन्छ । तपाईंले आफ्नो परिवार तथा उसको मिल्ने साथीलाई सबै कुरा खुलाउनुभयो भने ऊ तपाईंको लागि उपयुक्त जीवनसाथी हो अथवा होइन, थाहा पाउन सकिन्छ ।

आफूलाई मन नपर्ने उसको बानीहरु प्रष्ट भनिदिनुहोस्
प्रेमी अथवा प्रेमीकाले सधैँ आफ्नो मान्छेको खुसी चाहन्छ । तपाईंले उसको कमजोरी देखाउँदा ऊ रिसाउने पो हो कि भन्ने डरले आफूलाई चित्त नबुझेको कुरा भन्नुभएन भने तपाईंलाई मनमा कुरा गुम्सिएर मानसिक तनाव उत्पन्न हुन्छ । यही कुराले भविष्यमा झै–झगडा उत्पन्न हुने, मनमुटाव हुने वातावरण सिर्जना भएर सम्बन्धमा नै असर पर्न सक्छ ।

Logo