अख्तियारद्वारा सञ्चार मन्त्रालयमा छापा, कागजात जफत गरी सिलबन्दी

अख्तियारद्वारा सञ्चार मन्त्रालयमा छापा, कागजात जफत गरी सिलबन्दी


काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा विहिबार छापा मारेको छ ।

सचिवालयमा छापा मारेर बाँस्कोटाका कागजपत्र सिलबन्दी गरिएको छ । विहिबार साँझ मन्त्रालय पुगेका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका हुन् ।

बुधबार बेलुका बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बाँस्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo