५ हजार घूससहित सव-इन्जिनियर पक्राउ

५ हजार घूससहित सव-इन्जिनियर पक्राउ


भाेजपुर । भोजपुरकाे आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर  बिष्णुकुमार राई घूससहित पक्राउ परेका छन् । उनलाई अख्तियारकाे टोलीले घूस लिइसकेकाे अवसथामा पक्राउ गरेकाे हाे ।

हायुखोला खानेपानी योजनाको बील फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेकाे सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएकाे टोलीले ५ हजार घूस रकमसहित पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले बताए ।

निज राईलाई उक्त रकमसहित आमचोक गाउँपालिका वडा नं. ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

Logo