चीनबाट ल्याइने १८७ जना नेपालीलाई ६ बुँदे सर्त (भिडियोसहित)

चीनबाट ल्याइने १८७ जना नेपालीलाई ६ बुँदे सर्त (भिडियोसहित)


काठमाडौँ ।
कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबेइ प्रान्तमा रहेका १८७ जना नेपाली नागरिकहरू आइतबार बिहान नेपाल आउने भएका छन् । स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उनीहरुलाई ६ बुँदे सर्तनामा हस्ताक्षर गराएर नेपाल ल्याउन लागिएको हो । उक्त सर्तनामा चीनदेखि खरिपाटीको क्वारेन्टाइनमा १७ दिन बस्दासम्म लागू हुनेछ ।

कोरोना भाइरसको त्रासमा रहेका नेपालीहरुलाई ल्याउन शनिवार नेपाली विमान हुवेइको राजधानी वुहानका लागि उड्ने भएको छ । त्यहाँबाट १८७ जना नेपालीलाई लिएर उक्त विमान आइतवार बिहान २ः १५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेपाल आउन चाहने विद्यार्थीहरूलाई विश्वविद्यालयबाट संक्रमण नहुने खालको मास्क र ज्याकेट पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ । विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा संक्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ । त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ । विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo