फिल्म फेस्टिभलमा ‘उडेको सपना’ उत्कृष्ट

फिल्म फेस्टिभलमा ‘उडेको सपना’ उत्कृष्ट


काठमाडौँ ।

सेफ स्कुल नेपाल र नेपाल अटो मोबाइल्स एसोसिएसनको आयोजनामा फेब्रुअरी १३ मा दोश्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न भएको छ ।

रसियन कल्चर सेन्टरको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ माननीय सांसद रंगमती शाहीले गरेकी थिइन् भने कार्यक्रममा पूर्वडिएसपी बिपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कूल नेपालको तर्फ बाट आत्मिय सिलवालले संस्थाको परिचय तथा उद्देश्य बारे प्रस्तुति गरेका थिए ।

जुरी टिमको तर्फबाट वरिष्ठ कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेल, पूर्व डिएसपी बिपिन गौतम र पत्रकार स्वस्तिका पन्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा १२ जना नेपाली कलाकारद्वारा अभिनित भिडियो समेत लन्च गरिएको थियो ।

सो फेस्टिवलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । जस मध्ये दिपक ठकुरीद्वारा निर्देशित फिल्म उडेको सपनाू उत्कृष्ट फिल्म बन्न सफल भएको थियो

किशोर अनुरागद्वारा निर्देशित फिल्म इन्ड अफ ड्रिम दोस्रो र नेत्र बहादुर खड्काद्वारा निर्देशित रंग स्टेप नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । बिजेता फिल्महरुलाई क्रमश ५० हजार, ३० हजार र २० नगदसहित शिल्ड, सर्टिफिकेट प्रदान गरियो । सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका संयोजक ईश्वर बल्लव उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

Logo