एनसेलले ‘माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर’ सेवा नेपालमा ल्याउने

एनसेलले ‘माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर’ सेवा नेपालमा ल्याउने


काठमाडौं । एनसेलले माइक्रोसफ्ट कम्युनिकेसन सोलुसन्स् अन्तर्गत काक्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरू नेपाली कम्पनीहरूलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायिक घराना, एनजिओ, आईएनजिओका प्रतिनिधी तथा अधिकारीहरूका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरू अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

यसले जानकारीहरू पत्ता लगाउन, ज्ञानहरू बाड्न, आफ्ना सहकर्मीहरूसँग कुराकानी गर्नदेखि लिएर योजनाहरू बनाई प्रशासनिक कामहरूमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरू गर्न सबल बनाउँने एनसेलले जनाएको छ ।

उक्त कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापक रुपमा परिवर्तन भइरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरूलाई आफ्नो कार्यलय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तिब्र रुपमा विकास भइरहेको सहकार्य गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरूको समायोजन गरेको हो । यस्तो क्षेत्रदुवै कम्पनीहरूकालाति एक रणनीतिक बजार हो ।”

यस रणनीतिक सहकार्य पश्चात ग्राहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरू र सफ्टवेयर प्रविधिहरूमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरू लिन सक्नेछन् ।

विश्वस्तरिय सेवाहरू प्रदान गर्ने र उच्च स्तरको कनेक्टिभिटी र डिजीटाइजेसनको लाभप्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिम एनसेलले यी सेवाहरू आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो ।

Logo