आगामी फागुन २ गतेदेखि क्यान इन्फोटेक हुँदै (भिडियोसहित)

आगामी फागुन २ गतेदेखि क्यान इन्फोटेक हुँदै (भिडियोसहित)


काठमाडौं ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धि प्रर्दशनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।

यसवर्षको क्यान इन्फोटेक आगामी फागुन २ गतेदेखि ७ गतेसम्म राजधानीको भृकुटी मण्डपमा हुनेछ । यसपटक हुन लागेको क्यान इन्फोटेकको यो २६ औं संस्करण हो । क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सर एनसेल रहेका छन् । यस्तै स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् ।

प्रर्दशनीमा रहने १७४ स्टल मध्ये करिब ८० प्रतिशतको बुकिंग भइसकेको छ । प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्बधन गर्ने योजना अनुरुप क्यान महासंघले प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आइरहेको छ ।

यसपटक प्रर्दशनीको उद्घाटन रोबोट र ड्रोनबाट गरिने महासंघले जनाएको छ । यसपटक काठमाडौं बाहिर पनि विभिन्न ८ ठाउँमा इन्फोटेक आयोजना गरिने छ । जस अन्तर्गत प्रदेश नं. १ को इटहरी र प्रदेश नं. २ को वीरगञ्जमा कार्यक्रम भइसकेको छ । यस्तै माघ १७ देखि २१ गतेसम्म प्रदेश नं. ५ को बुटवल, माघ २४ देखि २८ गतेसम्म बाग्मती प्रदेशको चितवन, फागुन ११ देखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा , फागुन २० देखि २४ सम्म प्रदेश नं. ५ को नेपालगंजमा , फागुन २८ देखि चैत १ सम्म सुदुरपश्चिमको धनगढीमा र चैत्र ५ देखि ९ गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

Logo