फागुनमा प्याब्सन नेशनल स्कूल एक्स्पो हुने

फागुनमा प्याब्सन नेशनल स्कूल एक्स्पो हुने


काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी फागुनमा नेशनल स्कुल एक्स्पो गर्ने भएको छ ।

फागुन २१ देखि २४ गतेसम्म भृकुटीमण्डपमा प्याब्सन नेशनल स्कुल एक्स्पो आयोजना हुने भएको हो । आफ्नो सांगठनिक धारलाई तिखोे बनाउन र सदस्यहरुलाई विद्यालयहरुको बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिने प्याब्सनका उपाध्यक्ष ईश्वर बहादुर गुरुङले बताए । अभिभावक र विद्यार्थी लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई नेपालका विद्यालयहरुका बारेमा बृहत जानकारी प्रदान गरिने उनले बताए । मेलामा सहभागी भएर आफ्ना बच्चाहरुका लागि उपयुक्त विद्यालयको छनोट गर्ने अवसर प्राप्त गर्न सकिने पनि उनले जानकारी दिए ।

मेला व्यवस्थाको जिम्मेवारी वन अफ इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ । मंगलबार एक कार्यक्रमका बीच प्याब्सन र वन अफबीच मेला आयोजना गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Logo