आज केही जिल्लाहरूमा हिमपातकाे सम्भावना

आज केही जिल्लाहरूमा हिमपातकाे सम्भावना


काठमाडौं । आज देशभर बिहानैदेखि पहाडी भू–भागमा अत्याधिक चिसो बढ्नुका साथै हिमपातको पनि सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातसँगै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

साथै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सूदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरी सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकी प्रदेशका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo