उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई सच्याउनका लागि : काँग्रेस नेता कोइराला

उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई सच्याउनका लागि : काँग्रेस नेता कोइराला


कास्की,

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताउनु भएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचार प्रसारअन्तर्गत विहिबार पोखरा महानगरपालिका–१६ अर्मलाको ¥यालीमा आयोजित चुनावी सभामा उहाँले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाउनुभयो ।

सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उहाँले सरकारलाई सही बाटोमा डो¥याउनका लागि यो चुनावमा काँग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पु¥याएर बिसाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उहाँले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने धारणा राख्नुभयो । पौडेललाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेकोमा उहाँको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले देशमा बढिरहेको महङ्गी, भ्रष्टाचार लगायतका गतिविधिका कारण जनता आक्रान्त भएको बताउँदै जनतालाई त्यसबाट मुक्त गराउन काँग्रेसले चुनाव जित्नु अपरिहार्य भएको बताउनुभयो ।

Logo