काठमाडौंमा आन्दोलनरत उखु किसानको निधन

काठमाडौंमा आन्दोलनरत उखु किसानको निधन


काठमाडौं ।

चिनी उद्योगीहरुसँग उखुको बाँकी रकम बक्यौता माग गर्दै १६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सर्लाहीका ६५ वर्षीय उखु किसानको हृदयघातका कारण निधन भएको छ ।

माइतीघरमा आन्दोलन गरिरहेका सर्लाहीका नारायण राय यादवको मंगलबार निधन भएको हो । यादवले विगत तीन वर्ष देखिको उखुको भुक्तानी नपाएरै ज्यान गुमाउनु परेको छ । उनी सोमबार सरकारसँग भएको किसान आन्दोलन सम्झौता प्रति असहमति रहेका थिए ।

विगत तीन वर्षदेखि उखुको भुक्तानी नपाएको तथा सरकारले गतवर्ष सम्झौता अनुसार भुक्तानी नदिलाएको भन्दै यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट घर नफर्किने भन्दै आन्दोलनमा सक्रिय रहेका थिए । तर विडम्बना उनको माग सरकारले सुन्यो न त उद्योगीले नै, पैसा पाउने आशामा नै उनको ज्यान गयो ।

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी थियो । काठमाडौंमा जारी आन्दोलनमा उनले उद्योगीबाट एक रुपैयाँ पनि बक्यौता नपाएको बताउदै आएका थिए ।

Logo