मान्छेलाई आक्रमण गर्न नपाएपछि कुकुरको विभत्स हत्या

मान्छेलाई आक्रमण गर्न नपाएपछि कुकुरको विभत्स हत्या


बुधबार राती इटहरीमा मान्छेमाथि आक्रमण गर्न आएका एक समुहले कुकुरको विभत्स हत्या गरेका छन्।

इटहरी १ स्थित हलगडाका मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले हत्या गरेका हुन्  । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका हुन् ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको बताए ।

इलाका प्रहरी कार्यालय इटहरीमा घर र कुकुर आक्रमण गर्ने युवाहरु बिरुद्ध किटानी जाहेरी दिइएको छ ।

Logo