उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । "/>

एनओसी अब अनलाइनबाटै लिन सकिने

एनओसी अब अनलाइनबाटै लिन सकिने


उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिन लागिएको  हो । मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले अनलाइनमार्फत पाएको अनुमति प्रिन्ट गरेर विद्यार्थीले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्ने जानकारी दिए।  उनले यसबाट विद्यार्थीहरूले  मन्त्रालयको एनओसी शाखामा लाम लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने बताए।

एनओसी लिन विद्यार्थीले शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात  अनलाइनबाटै शाखामा पठाउनु पर्नेछ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले मन्त्रालयको आफूहरूको माग सम्बोधन भएको भन्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताए ।

Logo