भारतीय आक्रमणबाट एक सुरक्षाकर्मी मारिएको पाकिस्तानको दावी

भारतीय आक्रमणबाट एक सुरक्षाकर्मी मारिएको पाकिस्तानको दावी


इस्लामाबाद,

भारतीय सेनाको आक्रमणबाट पाकिस्तानी एक सुरक्षाकर्मी मारिएको पाकिस्तानले दावी गरेको छ । कश्मीरस्थित सीमाक्षेत्रमा भारतीय सेनाले ‘फायरिङ’ खोलेको पाकिस्तानी पक्षको दावी छ ।

शनिबार पाकिस्तानी सेनाले एक विज्ञप्ति निकाल्दै यस्तो दावी गरेको हो । सोही क्षेत्रमा गत बिहीबार भारतीय सेनाको आक्रमणबाट एक पाकिस्तानी सुरक्षाकर्मी मारिएको कुरा अरबन्युजले जनाएको छ । पाकिस्तानी र भारतीय सैनिकहरुबीच सीमाक्षेत्रमा पटक पटक भिडन्त हुँदै आएको छ ।

 

Logo