मञ्जु पौडेललाई जीवनसाथीको कुरा सोधेपछि…(भिडियोमा)

मञ्जु पौडेललाई जीवनसाथीको कुरा सोधेपछि…(भिडियोमा)


काठमाडौं । आफूलाई गायन क्षेत्रमा स्थापित गराउन सफल मन्जु पौडेल सफल उद्घोषिका पनि हुन् । स्टेज क्वीनको रुपमा आफुलाई चिनाएकी पौडेलले अहिलेसम्म थुप्रै तीजका गीत तथा लोक गीतहरु बजारमा ल्याइसकेकी छन् ।

‘तिमी लाईटर म भाको चुरोट, धुवाँसरी फैले छ कुरो त…’ मञ्जु पौडेलको निकै नै चर्चित लोक दोहोरी गीत हो । त्यस्तै उनले ‘पिरतीमा हानेको मैले गोल, नखोल हैन सानुले गाउँमा पोल, तलतल लाग्यो मलाई’ लगायतका दजर्नौ लोक गीत गाई सकेकी छन् । उनले तीजका गीतहरुमा आफ्नो स्वर दिईसकेकी छन् ।

यो वर्ष पौडेलले ब्याटल शैलीमा तीजको गीत बजारमा ल्याएकी छन् । सन्तु थापासँगको सहकार्यमा उनले तीज ब्याटल बजारमा ल्याएकी हुन् ।

Logo