डाक्टर र शिक्षकलाई फलको आशा नगरी काम गर्न नेता कोइरालाको सल्लाह

डाक्टर र शिक्षकलाई फलको आशा नगरी काम गर्न नेता कोइरालाको सल्लाह

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सेवा गर्नुपर्ने डाक्टर र ज्ञानको ज्योति छर्ने शिक्षकले निस्वार्थ सेवा नगरेको भन्दै यी दुबै पेशाका मानिसहरुको आलोचना गरेका छन् ।

आफ्ना पिता नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाबाट प्रभावित भएर आफू राजनीतिमा आएको चर्चा गर्दै उनले शनिबार नेपाल शिक्षक संघ ललितपुर २३ औं जिल्ला प्रतिनिधि सभा कार्यक्रममा भने, ‘वीपीको व्यक्तिगत स्वार्थ र पदका लागि नअल्झिने व्यवहारबाट म प्रभावित भएर नै यता लागेको हुँ ।’

नेपाली कांग्रेसका पूर्व महामन्त्री कोइरालाले भने, ‘वीपी १४ वर्ष जेल बस्नुभयो । के उहाँ आफ्नो लागि जेल बस्नुभयो त ? त्यत्रो सम्पति थियो । जमिन थियो । तपाईं र हाम्रो अधिकार सुनिश्चित गर्न सबै त्यागेर संघर्ष गर्नुभयो । कतिपय मान्छेहरु अहिले पनि सोध्छन्, उहाँ सफल व्यक्ति हुनुहुन्थेन ? म भन्छु, उहाँ सफल व्यक्ति हुनुहुन्थ्यो । प्रधानमन्त्री बनेर होइन । समाज सेवामा लागिरहनुभएका वीपी कोइरालाले प्रधानमन्त्री पदको पछि कहिले लाग्नुभएन । यो सब कुराले मलाई एकदम प्रभावित गर्छ ।’

नेपाली जनताको अधिकार सुनिश्चित गर्न वीपी कोइरालाले खेलेको भूमिकाको नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।

त्यस्तै, सांसद कोइरालाले शिक्षक भनेको ज्योति छर्ने प्राणी भएको भन्दै हजारौं विद्यार्थीहरुलाई अँध्यारोबाट उज्यालोतिर लैजान फलको आशा नगरि निरन्तर संघर्ष गरिरहनुपर्ने बताए । मनिसमा विवेकको बिकास गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

उनले भने, ‘विवेक नभएको मान्छेलाई म त मनुश्य नै भन्दिनँ । डाक्टहरु नै पहिले पैसा माग्छन् अनि मात्र उपचार गर्छु भन्छन् । ठूला डाक्टरहरु छन् । नाम त नलिउँ । विवेक नै नभएका भन्छु म । शिक्षक भनेको ज्योति दिने प्राणी हो । अँध्यारोबाट उज्यालोतिर लैजाने मानिस हो । विवेकको विकास गर्ने व्यक्ति भएकाले शिक्षकले फलको आशा नगरि निरन्तर लाग्नुपर्छ ।’

Logo