ओली र देउवापछि प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेकाे भेटवार्ता

ओली र देउवापछि प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेकाे भेटवार्ता

केन्द्रबिन्दु
672
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भेटवार्ता भएको हाे।

भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालीन पोखरेलका विषयमा कुराकानी भएको बताइएको छ।

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरू विरोधमा उत्रिएका थिए। आन्दोलनरत पक्षसँग सरकारले २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति शनिबार गरिसकेको छ। दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएका हुन् ।

आजै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर, त्याे विषय भने छुट्टै थियाे । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन छलफल भएकाे थियाे ।

Skip This
Skip This
Logo