‘गठबन्धनभित्रको तमासा हेरिरहेका छाैं, याे आफ्नै अन्तरविरोधले टुट्छ’ -विष्णु पौडेल

‘गठबन्धनभित्रको तमासा हेरिरहेका छाैं, याे आफ्नै अन्तरविरोधले टुट्छ’ -विष्णु पौडेल

केन्द्रबिन्दु
84
Shares

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।

आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे । गठबन्धनभित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबधन आफैं भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ,फुट्न सक्छ ।’

तर,उनले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे ।

सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुनरुपमा अगाडि बढ्छ हेरौं न,’ पौडेलले भने । उनले देशको विकासको बाधक नै अहिले गठबधन बनेको टिप्पणी गरे ।

‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’

Skip This
Skip This
Logo