‘गौरवका आयोजनाको लागत बढेमा अब प्रमुखहरु नै जिम्मेवार’ -प्रधानमन्त्री

‘गौरवका आयोजनाको लागत बढेमा अब प्रमुखहरु नै जिम्मेवार’ -प्रधानमन्त्री

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री प्रचण्डले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थानको जानकारी लिएका हुन् ।

आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन उनले मन्त्रालयलाई निर्देशन दिए ।

बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका थिए । कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काम भइरहेको विवरण पेस गरे । त्यसैगरी उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको भौतिक प्रगति ६३ प्रतिशत र वित्तीय प्रगति ५५.७ प्रतिशत रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको उल्लेख गरे ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् । तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निराशाजस्तो देखिएको छ । यति धेरै काम हुँदा हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ ।’

Skip This
Skip This
Logo