उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । वि.सं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले राजीनीतिक दलहरुलाई दल दर्ता गर्न भनेको हो ।

आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्नेछ ।

Logo