जसपाले बोलायो आकस्मिक बैठक

जसपाले बोलायो आकस्मिक बैठक

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार जसपा पनि माओवादी-एमालेको बन्न सक्ने नयाँ समीकरणलाई साथ दिने भएको छ । यद्यपि आधिकारिक निर्णय हुन बाँकी छ ।

राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमाले बिच सहमति जुटेपछि नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो ।

Logo