माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार

माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको बताएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ। ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्‍यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘ सत्ता गठबन्धनमा सङ्कट बढेको छ केही नयाँ घटना विकास हुने सङ्केत देखिएको छ।’

तर उनले नयाँ राजनीतिक समीकरण बन्ने नबन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातमा रहेको बताए। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अर्को समीकरणमा हाम्फाल्न तयार देखिएका छन्। अब लगत्तै एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुने नेताहरूले जनाएका छन्।

Logo