अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरेः कांग्रेस नेता मीन विश्वकर्मा

अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरेः कांग्रेस नेता मीन विश्वकर्मा

केन्द्रबिन्दु
1.4k
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माओवादीले अर्थ मन्त्रालय नपाएपछि गठबन्धन फेरको आरोप लगाएका छन्।

विश्वकर्माले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छाड्न तयार नभएपछि माओवादीले विकल्प खोजेको बताएका हुन्।

अर्थमन्त्री कांग्रेस तर्फबाट प्रकाश शरण महत छन्। आफ्नो मन्त्री हुँदाहुँदै माओवादीलाई अर्थ मन्त्रालय बुझाउन कांग्रेस तयार नभएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आएका थिए। उनले भने,‘राष्ट्रिय सभाको अध्यक्ष मात्रै प्रमुख कारण होइन। मूल त अर्थ मन्त्रालय प्रमुख कारण हो।’

उनले कांग्रेसको महासमिति बैठकले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेपछि पनि माओवादीलाई छटपटी भएको बताए।

Logo