बालुवाटार बैठकमा सहमतिः वर्षमान पुनलाई अर्थ, रवि लामिछानेलाई गृह दिने !

बालुवाटार बैठकमा सहमतिः वर्षमान पुनलाई अर्थ, रवि लामिछानेलाई गृह दिने !

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रीमण्डल गठन गर्ने सहमति गरेको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए ।

नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको छ । पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिईने भएको छ । यसअघि पनि गृह पाएका लामिछाने चर्को विवादमा परेपछि मन्त्रीबाट हटेका थिए ।

त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइने भएको सूत्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए । त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए । आजका संसद बैठक स्थगित भएपछि राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रम समेत सरेको छ भने सभाको नयाँ अध्यक्षको निर्वाचन पनि नयाँ राजनीतिक समीकरण अनुसार हुने निश्चित भएको छ । सरकार गठनमै दलहरु व्यस्त रहेकाले संसका कार्यक्रमहरु अनिश्चित बनेका हुन् ।

Logo